रिनाकमा विश्व रक्तदाता दिवस पालन

IMG-20230614-WA0468.jpg

गान्तोक: विश्व रक्तदाता दिवसको अवसरमा सशस्त्र सिमा बल ६९ बटालियन रिनाकले भारत सरकारको अमॉत महोत्सवलाई प्रमुखता दिँदै एक दिवसीय रक्तदान शिविर आयोजन गरियो। मणिपाल अस्पतालको स्वास्थ्य टोलीको सहयोगमा बटालियनका डाक्टरहरुले पनि शिविरमा भाग लिएका थिए। टोलीमा डा. अमृता, एमडी प्याथोलोजिस्ट र सेन्ट्रल रेफरल अस्पताल, गान्तोकका सात प्यारामेडिकल स्टाफ सदस्यहरू थिए। जसले रक्तदान शिविरमा भाग लिएका थिए। रगतको अभावमा कसैको पनि मृत्यु नहोस् भन्ने उदेश्यका साथ यस दिनमा ६९ एसएसबीका सेकेन्ड इन-कमान्ड रंगनाध चिन्ताडा र अन्य ३२ जना अधिकृत तथा कर्मचारीले रक्तदान गरेका थिए। चालिसेमा तैनाथ भारतीय सेनाको तेस्रो बिहार रेजिमेन्ट, आठ अधिकारी र अन्य अधिकारीहरूले रक्तदान शिविरमा सक्रिय रूपमा भाग लिए। “विश्व रक्तदाता दिवस” मा ६९ बटालियनका सबै एसएसबी अधिकारीहरूले नियमित रूपमा रक्तदान गर्ने र आफ्ना साथीहरू, परिवारहरू, बीच नियमित, स्वैच्छिक, नि:शुल्क रक्तदानको महत्त्वको बारेमा सचेतना जगाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

About Author

Advertisement