रिनाकमा माउसेसको सदभावना सम्मेलन

IMG-20220615-WA0140.jpg

संसारमा ज्ञान धेरै छन्‌ तर ज्ञानी कम छन्‌: मन्त्री डा. शर्मा

गान्तोक। सागा दावा पर्वको शुभोपलक्ष्यमा मंगलवार मानव उत्थान सेवा समिति रिनाक शाखाको तत्त्वावधानमा रिनाक रुङदुङमा सद्भावना सम्मेलन आयोजन गरियो। कार्यक्रममा सिक्किम सरकारका स्वास्थ्य एवम्‌ परिवार कल्याण मन्त्री डा. एमके शर्मा मुख्य अतिथि थिए भने महात्माद्वयड ज्ञान बाइजी र अवेदा बाइजीको विशेष उपस्थिति थियो।
स्थानीय सुरज शर्मा र सिता अधिकारीको निवासमा आयोजित कार्यक्रममा मानव उत्थान सेवा समिति सिक्किमका विभिन्न शाखाबाट सदस्यहरूको उपस्थिति थियो। यस आध्यात्मिक अनुष्ठानमा आफ्नो सम्बोधन राख्दै मन्त्री डा. शर्माले सागा दावा पर्वको ऐतिहासिक महत्त्वमाथि प्रकाश पारे। उनले संसारमा ज्ञान धेरै छन्‌ तर ज्ञानी कम छन्‌ भन्दै प्रासङ्गिक र व्यवहारिक ज्ञानको भिन्नतामाथि आफ्नो विचार राखे। उनले आत्मज्ञान प्राप्तिका निम्ति गुरूको शरणमा जानुपर्ने मन्तव्य गर्दै धर्मशास्त्रका विभिन्न दृष्टान्तहरू प्रस्तुत गरे। मन्त्री शर्माले तत्त्वज्ञान र चेतना समयका गुरूले मात्र दिन सक्दछन्‌ भन्दै सतपालजी महाराजद्वारा प्रदान गरिँदै आएको तत्त्वज्ञानबारे प्रकाश पारे।

यसैगरी ज्ञान बाइजी र अवेदा बाइजीले मानव उत्थान सेवा समितिका प्रणेताको आध्यात्मिक सन्देशसँगै विभिन्न दृष्टान्तहरूको साथमा प्रवचन राखे। बाइजीद्वयले आत्मज्ञानको महत्त्वमाथि पनि आफ्नो विचार राखे। केन्द्रिय समितिका सदस्य सूर्य कुमार गिरीले पनि गुरूको महत्त्वमाथि प्रकाश पारेका थिए। कार्यक्रमलाई शाखा महासचिव वाईपी मिश्रले सञ्चालन गरेका थिए। यस आध्यात्मिक अनुष्ठानमा रिनाक एडुकेशनल सोसाइटीका निर्देशक डा. एचपी छेत्रीको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement