रिनाकमा कराँते ग्रेडिङ सहित बाल दिवस पालन

IMG-20231127-WA0004.jpg

रिनाक: सेल्फ डिफेन्स सितो-रियो कराँते डो रिनाक पाकिम जिल्लाको विशेष पहलमा रिनाक बजारस्थित कराँते कर्वड हलमा आज बाल दिवस साथै रिनाक डोजोका १२ जना प्रशिक्षार्थीसहित पेदोङ कालेबुङ डोजोका एकजना प्रशिक्षार्थीलाई क्यू ग्रेडद्वारा ग्रेडिङ गरियो। रिनाक राम गौरी सङ्ग्रहालयका संस्थापक गणेश कुमार प्रधानको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा सेल्फ डिफेन्स सितो-रियो कराँते डो रिनाक पाकिम जिल्लाका अध्यक्ष डा० अर्जुन आचार्य, उपाध्यक्ष धनलक्ष्मी छेत्री लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई स्वागत सम्बोधन गर्ने क्रममा सिहान कुलहरि राईले कराँते डोजोको अवस्था बारेमा प्रकाश पार्दै केही व्यस्त समयले गर्दा ग्रेडिङकै अवसरमा बाल दिवस पनि पालन गरिएको बताए। रिनाक, रङ्गेली अनि अन्य गाउँहरूमा कराँते खेलले पूर्ण प्रोत्साहन, परामर्श र माया पाएकोमा आभार कृतज्ञता प्रकट गरे। शिक्षासहित नानीहरूमा शारीरिक खेललाई पनि अघि बढ़ाएर लैजानको साथै कराँतेमा अनुशासनको महत्वमाथि पनि राईले जोर दिए। अध्यक्ष डा० अर्जुन आचार्यले कराँते खेलको विशेषताबारे चर्चा गर्दै यस एसोसिएसनका सरकारी पंजीकरणबारे चाँड़ै अघि बढाउनु पर्नेम सुझाव राखे। यसैगरि राम गौरी सङ्ग्रहालयका संस्थापक गणेश कुमार प्रधानले कराँते खेललाई राज्य, राष्ट्र देखि अन्तर्राष्ट्रिय स्तरसम्म पुराउन सिहान कुलहरि राईको गहन भूमिका रहेको मनसाय राख्दै रिनाकमा १९८९ देखि यस खेललाई शुरूवात गरिएर हालसम्म धेरै प्रगति गरेर लगेको एक उदाहरणीय रहेको बताए।

About Author

Advertisement