रिनाकका प्रणव छेत्रीले राम्रो अङ्कका साथ यूजीसी नेट उत्तीर्ण गरे

Untitled-1-copy-60

गान्तोकः पूर्व सिक्किमको रिनाक निवासी प्रणव छेत्रीले यूजीसी राष्ट्रिय पात्रता परीक्षा (नेट) राम्रो अङ्कका साथ उत्तीर्ण गरेका छन्। माता पुर्णिमा छेत्री र पिता प्रेम छेत्रीका सुपुत्र प्रणवले ७४ प्रतिशत अङ्क ल्याएर यूजीसी नेट परीक्षा उत्तीर्ण गरेका छन्।

प्रणव छेत्री हाल सिक्किम मणिपाल विश्वविद्यालयमा डा. ज्योतिका शर्माको देखरेखमा पीएचडी गर्दै छन्। उनले बी.एससी, एम.एससी र एम. फिलको शिक्षा सिक्किम केन्द्रिय विश्वविद्यालयबाट ग्रहण गरेका हुन्। गीत-सङ्गीतको क्षेत्रमा पनि रूची राख्ने प्रतिभाशाली छेत्री मेटल ब्याण्ड्स विरोध र प्रतिक्रियाका ड्रमर हुन्। उनी एक्सट्रीम अण्डरग्राउण्ड सिक्किमका सक्रिय सदस्य पनि हुन्। प्रणव आफ्नो सफलताको श्रेय सङ्गीतप्रतिको लगनलाई दिन्छन्, जसले उहॉंलाई आफ्नो शैक्षिक यात्रामा उत्प्रेरित राखेको छ।

About Author

Advertisement