रिञ्चेन्पोङमा नवनिर्मित गुम्बा अनि सांस्कृतिक केन्द्रको मुख्यमन्त्रीद्वारा उद्घाटन

IMG-20241201-WA0238

गेजिङ: पश्चिम सिक्किमको रिञ्चेन्पोङस्थित मेगीडाँडाले हालै आफ्नो सांस्कृतिक तथा धार्मिक महत्त्वलाई नयाँ उचाइँमा पुर्‍याएको छ। गेजिङ जिल्लाको रिन्चेनपोङमा निर्माण भएको सांस्कृतिक केन्द्र र रिन्चेन छोलिङ गुम्बाको उद्घाटन समारोह एक भव्य कार्यक्रमकासाथ सम्पन्न भएको हो।उद्घाटन पछि नवनिर्मित सांस्कृतिक केन्द्र तथा रिन्चेन छ्योलिङ गुम्बाको मुख्यमन्त्री पीएस गोलेले विधिवत उद्घाटन गरेर जनतालाई समर्पित गरेका छन्। २१ सेप्टेम्बर, २०२२-मा मुख्यमन्त्री गोलेले शिलान्यास गरेका उक्त सांस्कृतिक केन्द्र तथा रिन्चेन छ्योलिङ गुम्बालाई सम्बन्धित पर्यटन विभागले १८ महिनाभित्र नै निर्माण कार्य पूरा गरी आज उद्घाटन हो। ४६ करोड रुपियाँको लागतमा निर्माण गरिएको उक्त पूर्वाधारको पहिलो चरणमा सांस्कृतिक केन्द्र तथा रिन्चेन छ्योलिङ गुम्बाको निर्माण कार्य पूरा भएको छ भने दोस्रो चरणको रवीन्द्रनाथ टेगोर पार्क निर्माण पनि ७५ प्रतिशत कार्य पूरा गरिएको जानकारी पर्यटन विभागका सचिव प्रकाश छेत्रीले दिएका छन्। गुम्बा परिसर नजिकै रवीन्द्रनाथ टेगोर पार्कमा नोबेल पुरस्कारले सम्मानित विश्व प्रसिद्ध साहित्य सर्जक रवीन्द्रनाथको ३६ फिट अग्लो मूर्तिको निर्माण कार्य दोस्रो चरणको काम युद्धस्तरमा भइरहेको छ। यस ऐतिहासिक अवसरको मुख्य अतिथि सिक्किमका मुख्यमन्त्री प्रेमसिङ तामाङ थिए। उहाँको उपस्थितिमा धर्मगुरु टुल्कु साङ्गे योङ्तेन ग्याच्छो रिम्पोछेको बाहुलिबाट यी दुवै महत्वपूर्ण संरचनाको उद्घाटन गरियो। यस अवसरमा स्थानीय जनसमुदाय, बौद्ध धर्मावलम्बी, विभिन्न सांस्कृतिक संघ-संस्था र सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले भने, “सिक्किमको सांस्कृतिक र धार्मिक पहिचानलाई बलियो बनाउने हाम्रो प्रयास निरन्तर जारी छ। यो सांस्कृतिक केन्द्र र मठको स्थापना हाम्रो समाजलाई एकताबद्ध गर्न र धार्मिक सहिष्णुताको सन्देश फैलाउन सहयोगी बन्नेछ।” उनले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा र विविधताको संरक्षणमा राज्य सरकारको प्रतिबद्धता पुनः पुष्टि गरे। सांस्कृतिक केन्द्रको निर्माणले स्थानीय कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्य राखेको छ। यस केन्द्रमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न सकिने बहुउद्देश्यीय हल, सङ्ग्रहालय र अध्ययन कक्ष छन्। यो केन्द्र सिक्किमको सांस्कृतिक इतिहास र सम्पदालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्त्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ। यस्तै, रिन्चेन छोलिङ मठले बौद्ध धर्मावलम्बीका लागि ध्यान र पूजा-आराधना गर्ने महत्त्वपूर्ण स्थलको रूपमा काम गर्नेछ। यो मठको निर्माण स्थानीय बौद्ध समुदायको लामो समयदेखिको आकांक्षाको परिपूर्ति हो। मठमा स्थापना गरिएको भव्य बौद्ध मूर्ति, गुम्बाको परिष्कृत डिजाइन र शान्त वातावरणले भक्तजनलाई आध्यात्मिक प्रेरणा दिने विश्वास गरिएको छ। कार्यक्रममा धर्मगुरुहरूले आफ्ना आशीर्वचन र बौद्ध धर्मका शिक्षाहरू प्रदान गर्दै धार्मिक सहिष्णुता र समाजमा मेलमिलापको महत्त्वबारे प्रकाश पर्नु भयो। यो परियोजनाको सफलताले मेघी डाँडलाई सिक्किमको सांस्कृतिक र धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्नेछ। स्थानीय जनताको आर्थिक विकासमा योगदान पुर्‍याउनुका साथै, यसले सिक्किमलाई अन्तर्राष्ट्रिय स्तरमा एक सांस्कृतिक गन्तव्यका रूपमा परिचित गराउने सम्भावना छ। यस उद्घाटनले सिक्किमको समृद्ध सांस्कृतिक र धार्मिक परम्पराको झल्को मात्र दिएको छैन, यसले समग्र राज्यलाई एकीकृत गराउने एउटा महत्त्वपूर्ण कदमको संकेत पनि गरेको छ। कार्यक्रममा आयोजक समितिले मुख्यमन्त्रीलाई अभिनन्दन गरेको थियो भने समष्टि विद्यालयक लोकनाथ शर्माले स्वागत सम्बोधन राखेका थिए।

About Author

Advertisement