रिक्सल दोर्जी भोटियाले गरे राभाङ्गला, फामताम र बोरोङमा प्राकृतिक प्रकोपले पुऱ्याएको क्षयक्षतिको निरीक्षण भ्रमण

n623841787172201783623745be090623db347f759a92b7cedfafc11c7114f158e0dbbc3153391236c28b6e

नाम्ची: आज बर्फुङ राभाङ निर्वाचन क्षेत्रका विधायक रिक्सल दोर्जी भोटियाले राभाङ्गला, फामताम र बोरोङमा प्राकृतिक प्रकोपले पुऱ्याएको क्षयक्षतिको निरीक्षण एवं आकलन गर्न निरीक्षण भ्रमण गरे।

विधायकको साथमा जिल्लापाल अनुपा तामलिङ, एडीसी सुभाष घिमिरे, एडीसी सुनील मोथे, राभाङ्गलाका एसडीएम रिन्छेन दोर्जी भोटिया तथा अन्यहरू पनि उपस्थित थिए।

निरीक्षण भ्रमणको क्रममा विधायकले विभिन्न ठाउॅंहरूमा सडक मार्गको स्थिति र बर्मेली पुलको जायजा लिए। उनले स्थानीय मानिसहरू र पञ्चायतहरूसॅंग कुराकानी गरेर उनीहरूका चिन्ता र आवश्यकताहरूबारेमा जानकारी लिए। विधायक भोटियाले स्थानीय मानिसहरूको सुरक्षा र कल्याणलाई ध्यानमा राख्दै आवश्यक मरम्मति कार्य थालिने आश्वासन दिए।

यसैगरी, विधायक भोटियाले राभाङ्गलामा नाम्चीको निम्ति जलापूर्तिका लागि चलिरहेको पाइपलाइन बिछाउने कार्यको पनि निरीक्षण गरे। पछि, जिल्लापालको अगुवाईमा बोरोङ आदर्श प्राथमिक पाठशालाको निरीक्षण भ्रमण गरेर भूक्षरणका कारण पाठशालालाई पुगेको क्षतिको जानकारी लिइयो। जिल्लापालले पाठशालाका अधिकारीहरू र कर्मचारीहरूसॅंग अन्तरक्रिया गर्दै नियमहरूको कडाईका साथ पालन गर्दै नानीहरूको स्वास्थ्यलाई उच्च प्राथमिकता दिन जोड दिइन्।

About Author

Advertisement