काठमाडौं(नेत्रविक्रम बिमली): रास्वपा संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन शाह सर्वसम्मत चयन भएका छन्। बिहीबार, बनस्थलीस्थित पार्टी कार्यालय घण्टीघरमा बसेको केन्द्रीय समिति बैठकले उनलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। बालेनलाई दलको नेता बनाउन सभापति रवि लामिछानेले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत चयन गरेको हो।
बैठकमा बालेन शाहको नेताको चयनसँगै सरकार गठनको प्रक्रिया पनि अगाडि बढ्ने सम्भावना उत्पन्न भएको छ। रास्वपाले बालेनलाई संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले सरकार गठनको प्रक्रिया थाल्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ। यसैले, बालेनलाई शुक्रबार प्रधानमन्त्रीको शपथ खुवाउने तयारी छ।

संसदीय दलको नेतृत्वमा बालेनको चयनसँगै रास्वपा पार्टीका लागि सरकार गठनको बाटो खुला भएको छ। यस घटनाक्रमले सरकारको गठनलाई सुदृढ पार्ने सम्भावना जनाएका छन्, र यसले पार्टीको आगामी राजनीतिक योजनामा महत्वपूर्ण भूमिका खेल्नेछ।










