रासायनिक कारखानामा आगलागीको घटना

ANI-20230407134552.jpg

कोलकाता: उत्तर २४ परगनाको चिनार पार्कमा एउटा रासायनिक कारखानामा मंगलवार बिहान आगो लाग्यो। ज्वलनशील पदार्थहरूको अधिकताका कारण आगो तीव्र गतिमा फैलियो। सूचना पाएर अग्निशमन विभागको तीन गाडी घटनास्थलमा पुग्यो। लगभग एक घण्टाको अथक प्रयासपछि आगोलाई नियन्त्रित गरियो। यस घटनामा जनहानिको सूचना छैन। आगो लाग्नुको कारण पनि अहिले स्पष्ट हुन सकेको छैन।
छेउछाउका मानिसहरू अनुसार, कारखानाबाट धुवाँ र आगो निक्लिएको देखेपछि पानी हालेर आगो निभाउने प्रयास गरियो साथै घटनाको सूचना पुलिसलाई पनि दिइयो। स्थानीय मानिसहरूले अग्निशमन विभागको गाडी ढिलोगरि त्यहाँ आइपुगेको आरोप लगाएका छन्।यो कारखाना बाक्लो गाउँ भएको क्षेत्रमा पर्छ। यस कारण अग्निशमन विभागको गाडीलाई त्यहाँ आइपुग्न गाह्रो परेको बताइएको छ। कारखानाको अधिकांश भाग जलेर नष्ट भएको छ।

About Author

Advertisement