राष्ट्रीय एकता दिवसमा राज्यवासीलाई मुख्यमन्त्रीको शुभकामना

IMG-20241030-WA0319

गान्तोक: भारतको लोहा पुरुषका रुपमा परिचित सरदार वल्लभभाइ पटेलको जन्मजयन्तीमा मनाइने राष्ट्रिय एकता दिवस २०२४ को अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा राष्ट्रको एकता र अखण्डताको लागि सरदार पटेलको समर्पणलाई सधैँ सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्। उनी हामी सबैको लागि प्रेरणाको ज्योति बनेको बताएका छन्। सन्देशमा भनेअनुसार सरदार पटेलको उल्लेखनीय योगदानलाई सम्झँदा राष्ट्रिय एकताप्रतिको हाम्रो प्रतिबद्धता अझ बलियो बन्ने बताए। यस राष्ट्रिय एकता दिवसमा प्रत्येक नागरिकको सपना र आकांक्षालाई सम्मानित र प्रोत्साहित गर्ने संयुक्त भारत निर्माणको यात्रालाई जारी राख्ने आह्वान पनि मुख्यमन्त्री तामाङले गरेका छन्।

About Author

Advertisement