राष्ट्रिय स्तरको पाइप ब्यान्ड प्रतियोगिता

नाम्चीः नाम्ची कन्या उच्चतर माध्यमिक विद्यालयले राष्ट्रिय स्तरको पाइप ब्यान्ड प्रतियोगिता जितेको छ। उक्त प्रतियोगिता २२ जनवरीको दिन राष्ट्रिय राजधानी दिल्लीको राष्ट्रिय युद्ध स्मारकमा आयोजन भएको थियो। प्रतियोगिताको आयोजना गणतन्त्र दिवस समारोह अन्तर्गत शिक्षा मन्त्रालयले रक्षा मन्त्रालयको संयुक्त तत्वावधानमा गरेको थियो । समग्र शिक्षा, शिक्षा विभागले आयोजना गरेको राज्यस्तरको प्रतियोगितामा नाम्ची कन्या उच्चतर माध्यमिक विद्यालय चयनित बनेको थियो। शिक्षा मन्त्रालय र रक्षा मन्त्रालयका अधिकारीहरूले ट्रफी प्रदान गरेका थिए।

विद्यालयकी प्रधानाध्यापक, शिक्षक र विद्याथीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई प्रेम अनि आशीर्वादको निम्ति कृतज्ञता व्यक्त गरेका छन्। यसैगरी उनीहरूले नाम्चीका जिल्लापाल, नाम्चीका सीईओ, शिक्षा विभागका अधिकारीहरूलाई पनि धन्यवाद दिएका छन्।

About Author

Advertisement