राष्ट्रिय राजमार्ग ३१मा सडक दुर्घटना हुँदा चालक घाइते

Capture2-12.png

फाँसीदेवा: फाँसीदेवाको घोषपुकुर ३१ नम्बर राष्ट्रिय राजमार्गमा सडक दुर्घटना हुँदा चालक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज एउटा वाहन इस्लामपुरबाट सिलगढीतर्फ द्रुत गतिमा आइरहेको समय अनियन्त्रित भएर घोषपुकुर फ्लाईओभरको गार्डवालमा ठोक्किँदा वाहन चालक घाइते भएको बताइएको छ। घटनाको खबर पाएर घोषपुकुर ट्राफिक गार्ड र घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइते चालकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। दुर्घटनापछि केही समयको लागि वाहन चलाचल बन्द रहे तापनि पछि क्रेनको सहयोगमा उक्त वाहनलाई उद्धार गरेर घोषपुकुर आउटपोस्टमा लगेको बताइएको छ।

About Author

Advertisement