राष्ट्रिय राजमार्ग १० आजदेखि खोलियो सानो गाडीहरूको निम्ति

IMG-20240731-WA0199

कालेबुङ: सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग १० एक महिनाको अन्तरालपछि आजदेखि सानो गाडीहरुको निम्ति खोलिएको छ। राष्ट्रिय राजमार्ग १० मा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रा सानो गाडीहरू चलाचल सुचारु राखिएको छ। राष्ट्रिय राजमार्ग १० को लिखुभीर, बिरिक डाँडा नजिक भुईचले अनि सेल्फी डाँडामा वानवे (एकतर्फी) चलाचल गरेर गाडी आवत जावत गर्न सक्नेछन् भने टिस्टादेखि सेतीपुलसम्म बन्द भएको राष्ट्रिय राजमार्ग १० एक महिनापछि आज ३१ जुलाईदेखि केवल सानो गाडीहरुको निम्ति खोलिने कालेबुङ जिल्लाको जिल्लापालले एक अधिकारिक नोटिस जारी गरी बताएका छन्। राष्ट्रिय राजमार्ग १० को धेरैवटा ठाँउमा सडक नै सानो भएको कारण बस अनि मालवाहक वाहनहरु भने वैकल्पिक मार्ग रेषि, पेदोङ अलगडा, लाभा गोरुबथान भएर आवत-जावत गर्न पर्ने नोटिसमा बताइएको छ। आजदेखि राष्ट्रिय राजमार्ग १० को विभिन्न क्षेत्रहरूमा साना गाड़ीहरू कुदिरहेको पनि देखिएको छ। पैह्रोले वाधित राष्ट्रिय राजमार्ग १० एक महिनापछि साना गाड़ीहरूको लागि खोलिएपछि आज राष्ट्रिय राजमार्ग १० साना गाड़ीहरू कुदिरहेको देखिएको छ। यस क्रममा सिक्किम, कालेबुङबाट सिलगढीतर्फ र सिलगढीबाट कालेबुङ, सिक्किमतर्फ साना गाड़ीहरू राष्ट्रिय राजमार्ग १० भएर कुदिरहेको देखिएको छ। यसरी पैह्रोले वाधित राष्ट्रिय राजमार्ग १० साना गाड़ीहरू टके लागि भए पनि खोलिएपछि मानिसहरूले राहत अनुभव गरेका छन्।

About Author

Advertisement