राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गल अवार्ड २०२१द्वारा सिक्किमको दुइजना नर्स सम्मानित हुने

photocollage_2022113141712114.jpg

गान्तोक: सिक्किमका दुईजना नर्स क्रमैले टीका देवी पाण्डे र टाँशी ल्हमु शेर्पालाई राष्ट्रिय फ्लोरेन्स नाइटिंगल अवार्ड २०२१ द्वारा सम्मानित गरिने भएको छ। तिनीहरूलाई राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीबाट आगामी ७ नोभेम्बरको दिन नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममाभ यो अवार्डद्वारा सम्मान जनाइने भएको छ। हाल टीका देवी पाण्डे सिक्किम रानीपुल शहरी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवारत् छन् भने टाशी ल्हमू शेर्पा सिक्किमको सोरेङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन्। राष्ट्रिय पुरस्कारले सम्मानित हुने नर्स टीका देवी पाण्डे सीनियर एएनएम नर्स हुन् भने तिनी गत ३३ वर्षदेखि लगातार यस पेशामा सेवारत् छन्। यसैगरी, टाशी ल्हमू शेर्पा एएनएस (एसिस्टेट नर्सिङ सुप्रिण्टेण्डेण्ट) हुन्। तिनी विगत २२ वर्षदेखि यस पेशामा सेवारत छन्। स्मरण रहोस, राष्ट्रिय फ्लोरेन्स नाइटिङगल अवार्ड नर्सहरूको विविध वर्गलाई भारतीय नर्सिङ परिषदद्वारा प्रतिवर्ष प्रदान गर्ने गरिन्छ। देशभरिका नर्सहरूको सेवालाई ध्यानमा राखेर प्रत्येक वर्गका सीमित नर्सहरूलाई उक्त अवार्ड दिइने गरिन्छ।

About Author

Advertisement