गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले राष्ट्रिय एकता दिवसको अवसरमा सिक्किमवासीहरूमा शुभकामना व्यक्त गरेका छन्।
आफ्नो सन्देशमा उनले भनेका छन्, सरदार पटेलले देशका धेरै भूभागहरूलाई जोडेर एउटा महान राष्ट्रको स्वरूप दिएको थियो। देशलाई एकीकृत गर्ने उनको प्रबल इच्छाशक्ति र दृढ संकल्पका कारण उनी लौह पुरूषको रूपमा परिचित बने। आउनुहोस्, हामी पनि उनलाई श्रद्धा सुमन अर्पित गरौं अनि भारतको एकता र अखण्डतालाई अझ बलियो बनाउन आफ्नो स्तरमा प्रयास गर्ने संकल्प लिउ।
उनले एक सॉंचो नागरिकको रूपमा समाजमा भाइचारा र प्रेमलाई बढावा दिएर राष्ट्र निर्माणमा आफ्नो योगदान दिन आह्वान गरेका छन्। उनले भनेका छन्, देशको हरेक चुनौतीहरूको सामना हामी एकता र अखण्डतालाई कायम राख्दै गर्ने छौ। यो नै हाम्रो राष्ट्र शक्तिको प्रतीक हुनेछ र लौह पुरूष सरदार बल्लभ भाई पटेलप्रति सॉंचो श्रद्धाञ्जली हुनेछ।









