राष्ट्रिय आदिवासी कल्याण समितिद्वारा दिल्लीको समाज कल्याण मन्त्रीसित भेट

0-58c35d98-913d-4074-bf72-0f667802ea67

कालचिनी: राष्ट्रिय आदिवासी कल्याण समितिद्वारा राष्ट्रपति समक्ष ज्ञापनको कार्यक्रम पश्चात आज दिल्लीको समाज कल्याण मन्त्री राजेन्द्र पाल गौतमसित भेटवार्ता गर्दै आदिवासीहरुको हक र हितमा जन्तर मन्तरमा बसेको धरना कार्यक्रमको जानकारी साथै दिल्लीमा आदिवासीहरुलाई ट्राइबल स्टेटस प्रदान साथै सुरक्षा व्यवस्था बारे विस्तारित चर्चा गरिएको समितिको राष्ट्रिय अध्यक्ष विनय मुर्मूले फोन मार्फत जनाएका छन्। मुक्ति प्रकाश तिर्कीको अगुवाईमा दिल्ली राज्य सरकारको समाज कल्याण मन्त्री राजेन्द्र पाल गौतमसित सौहार्दपूर्ण वार्तालाप भएको बताइएको छ।

About Author

Advertisement