राष्ट्रसङ्घको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान गर्दै

shishir-khanal_2fsf0jT1to

​काठमाडौँ: संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ न्युयोर्क प्रस्थान गर्ने भएका छन्।
​परराष्ट्रमन्त्री खनाल आइतबार साँझ ६ बजे न्युयोर्कतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए।
​परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय सत्रका क्रममा आयोजना हुने विभिन्न मन्त्रीस्तरीय बैठक तथा छलफलमा सहभागिता जनाउनेछन्। भ्रमणका क्रममा उनले आफ्ना समकक्षी र विभिन्न देशका वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।
​यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्नेछन्। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा राष्ट्रसङ्घ महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
​राष्ट्रसङ्घ महासभाको ८१औँ सत्रको उच्चस्तरीय खण्डमा विश्वका विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा वरिष्ठ प्रतिनिधिहरू सहभागी हुँदै छन्, जहाँ प्रमुख अन्तर्राष्ट्रिय मुद्दा र विश्वव्यापी चुनौतीहरूबारे गहन छलफल हुनेछ।

About Author

Advertisement