खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको कर्मी सभामा राष्ट्रपति पदकबाट सम्मानित महानदी निवासी एंव झारखण्ड सशस्त्र पुलिसमा कार्यरत् जयदेव प्रधान र डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण सिलिम हिल निवासी सौरभ सुब्बालाई सम्वर्ध्दना जनाइएको छ। घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा आयोजित कार्यक्रममा दुवैलाई तीनधारे महानदी समष्टिको तर्फबाट सम्मान जनाइएको छ। यस अवसरमा दुवैलाई जीटीए प्रमुख एवं भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापालाई खदार्पणसहित टोपी पहिराएर, शल ओढाएर साथै सम्वर्ध्दना पत्र प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ। यस अवसरमा दुवैको सम्वर्ध्दना पत्र दिपमाला छेत्रीले पठन गरेकी थिइन् भने कार्यक्रमलाई बिपन विश्वकर्मले सञ्चालन गरेका थिए। उल्लेखनीय छ महानदी निवासी जयदेव प्रधान झारखण्ड सशस्त्र पुलिसमा विगत २२ वर्षदेखि कार्यरत् छन् भने उनले गत 26 जनवरीको अवसरमा राष्ट्रपति पदकबाट सम्मानित भएका थिए। त्यसरी नै सिलिम हिल निवासी सौरभ सुब्बाले यसै वर्ष पश्चिम बंगाल सिभिल सर्विस डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण गरेका थिए।










