नयॉ दिल्ली: शिक्षक दिवसको पूर्व सन्ध्यामा देशका शिक्षकहरूलाई राष्ट्रपति द्रौपदी मुर्मुले बधाई दिएकी छन्। उनले भनिन् मलाई पुरा विश्वास छ शिक्षकहरूको सद्प्रयासले भारत शिक्षाको क्षेत्रमा नयॉं उपलब्धीहरू हासिल गर्नेछ।
राष्ट्रपतिले सन्देशमा भनेकी छन्, शिक्षक दिवसको अवसरमा म सम्पूर्ण देशका शिक्षक समुदायलाई हार्दिक बधाई एवं शुभकामना दिॅंदछु। यो अवसर महान शिक्षक दार्शनिक र पूर्व राष्ट्रपति डा एस. राधाकृष्णनको जयन्तीको प्रतीक हो। म उनलाई विनम्र श्रद्धांजली अर्पित गर्दछु। उनी ती सबै शिक्षकहरूका लागि एक प्रेरणा हुन् जसले विद्यार्थीहरूमा ज्ञान बाहेक मानवीय मूल्यहरू स्थापित गर्ने प्रयास गर्छन्।
उनले भनेकी छन्, हाम्रा शिक्षक लगातार नयॉं शोध, प्रयोग र नवाचारहरूको माध्यमले आफ्नो क्षमता र दक्षतामा सुधार गर्ने प्रयास गरिरहन्छन्। राष्ट्रिय शिक्षा नीति २०२० को माध्यमले हाम्रो शिक्षा प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ। यसले हाम्रो शिक्षा प्रणालीमा भारतीय सांस्कृतिक मूल्य र भाषाहरूलाई सामेल गर्ने अवसर प्रदान गरिरहेको छ।









