बाघडुग्रा: आदिवासी समुदायको पहिलो महिला राष्ट्रपति द्रौपदी मुर्मू बनेपछि आदिवासी समाजका मानिसहरूमा खुसीको माहोल छाएको छ। भाजपाको तर्फबाट आज द्रौपदी मुर्मूलाई बधाई दिँदै अभिनन्दन यात्राको आयोजना गरियो। नक्सलबारीको हात्ती घिसा विजयनगरबाट एउटा शोभायात्रा निकालेर अटल हुँदै पुनः हात्तीघिसामा पुगेर समापन गरियो। यस विषयमा भाजपा महिला नेत्री लक्ष्मी शर्माले भनिन्, राष्ट्रपति द्रौपदी मुर्मू आदिवासी समुदायको गौरव हुन्। देशको राष्ट्रपति बनेकोमा तिनलाई अभिनन्दन जनाउनको लागि आज एउटा ऱ्यालीको आयोजना गरिएको हो।









