राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेश

45963ac7-fa32-4377-b334-93e9195168bc

काठमाडौं : राष्ट्रिय दलित आयोगले चालू आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले वर्षभरि सम्पादन गरेका काम, गतिविधि तथा दलित समुदायसँग सम्बन्धित विषय समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो। राष्ट्रिय दलित आयोगले दलित समुदायको हक, अधिकार, समानता, सामाजिक न्याय तथा जातीय विभेद र छुवाछूत अन्त्यका लागि गरिएका कामकारबाही र आगामी आवश्यकतासहितका विषयलाई प्रतिवेदनमा समेट्दै आएको छ।

About Author

Advertisement