राष्ट्रपतिले प्रदान गरिन् प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार

SK5_0762AAW6

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा १७ जना बालबालिकालाई सात विधामा असाधारण उपलब्धिको लागि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार प्रदान गरिन्।

कार्यक्रमको अवसरमा राष्ट्रपति मुर्मूले सबै पुरस्कार विजेतालाई बधाई दिदै भनिन्, ‘समग्र देश र समाजलाई उनीहरूमाथि गर्व छ। तपाईं सबैले असाधारण कार्य गर्नुभएको छ र अद्भुत उपलब्धिहरू हासिल गर्नुभएको छ। तपाईंहरूमा असीमित क्षमताहरू र अतुलनीय गुणहरू छन्। तपाईंहरूले देशका बालबालिकाका लागि उदाहरण प्रस्तुत गर्नुभएको छ।”

राष्ट्रपतिले बालबालिकालाई अवसर प्रदान गर्नु र उनीहरूको प्रतिभालाई सम्मान गर्नु हाम्रो परम्पराको हिस्सा रहेको बताइन्। उनले यस परम्परालाई अझ सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिइन्।

उनले अझ भनिन्, “वर्ष २०४७ मा जब हामी भारतको स्वतन्त्रताको शताब्दी मनाउनेछौं, ती पुरस्कार विजेताहरू देशका प्रबुद्ध नागरिक हुनेछन्। यस्ता प्रतिभाशाली केटाकेटीहरू विकसित भारतका निर्माता बन्नेछन्।” –पीआईबी

About Author

Advertisement