नयाँ दिल्ली: सोमवार राष्ट्रिय शिक्षक दिवसको अवसरमा विज्ञान भवनमा आयोजित समारोहमा राष्ट्रपति द्रोपदी मुर्मूले देशभरिका ४५ शिक्षकहरूलाई राष्ट्रिय पुरस्कार प्रदान गरिन्। यस अवसरमा राष्ट्रपतिले आफ्ना शिक्षकहरूलाई पनि याद गरिन्। उनले भनिन्, ‘गुरूजनहरूले न केवल मलाई पढ़ाए तर मलाई माया र प्रेरणा पनि दिए। आफ्नो परिवार र शिक्षकहरूको मार्गदशर्नको बलमा म कलेज जाने आफ्नो गाउँको पहिलो छोरी बने। आफ्नो जीवनमा मैले जे पनि हासिल गरेको छु, त्यसको निम्ति म सदैव आफ्ना शिक्षकहरूको ऋणी रहनेछु। विज्ञान, अनुसन्धान र नवाचार आजको ज्ञान आधारित अर्थव्यवस्थाको विकासको आधार हो। स्कूली शिक्षाको माध्यमले यी क्षेत्रहरूमा भारतको स्थितिलाई अझ् बलियो बनाउन सकिन्छ। मेरो विचारमा विज्ञान, साहित्य र सामाजिक विज्ञानमा मौलिक प्रतिभाको विकास मातृभाषाको माध्यमले अधिक प्रभावी हुनसक्छ। यी हाम्रा माताहरू हुन्, जसले हामीलाई हाम्रो प्रारम्भिक जीवनमा जिउने कला सिकाउँछन्। यसैले मातृभाषा प्राकृतिक प्रतिभाको विकासमा सहायक हुन्छ’।
उनले भनिन्, ‘आमापछि शिक्षक हाम्रो जीवनमा शिक्षालाई अघि बढ़ाउँछन्। यदि शिक्षकले पनि आफ्नो मातृभाषामा पढ़ाए, छात्रले सजिलै आफ्नो प्रतिभाको विकास गर्नसक्छ। यसैले राष्ट्रिय शिक्षा नीति २०२० मा स्कूली शिक्षा र उच्च शिक्षाको निम्ति भारतीय भाषाहरूको प्रयोगमाथि जोड दिइएको छ। शिक्षकहरूको दायित्व हो, उनीहरूले आफ्ना छात्रहरूमा विज्ञान र अनुसन्धानप्रति रूचि जगाउनु। असल शिक्षकले प्रकृतिमा उपस्थित जीवित उदाहरणहरूको मद्दतले जटिल सिद्धान्तहरूलाई सजिलै बुझाउ सक्छ’। उनले शिक्षकहरूबारे भनिएको एक प्रसिद्ध भनाई दोहोराइन्, ‘औसत दर्जाको शिक्षकले बताउँछ, असल शिक्षकले सम्झाउँछ, श्रेष्ठ शिक्षकले प्रदर्शित गर्दछ र महान शिक्षकले प्रेरित गर्दछ। आदर्श शिक्षकले छात्रहरूको जीवनको निर्माण गरी सही अर्थमा राष्ट्रको निर्माण गर्दछ’।
राष्ट्रपतिले शिक्षकहरूलाई छात्रहरूमा प्रश्न सोध्ने र सन्देह व्यक्त गर्ने बानीलाई प्रोत्साहित गर्ने आग्रह गरिन्। उनले भनिन्, ‘धेरैभन्दा धेरै प्रश्नहरूको उत्तर दिँदा र शंकाहरूको समाधान गर्दा उनीहरूको ज्ञान पनि बढ्नेछ। एक असल शिक्षक सदैव केही नयाँ सिक्नको निम्ति उत्साहित रहन्छ। भारतको स्कूली शिक्षा-व्यवस्था, विश्वको सबैभन्दा ठूला शिक्षा प्रणालीहरूमा सामेल छ। १५ लाखभन्दा धेरै स्कूलहरूमा लगभग ९७ लाख शिक्षकद्वारा २६ करोड़भन्दा धेरै विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिन्दैछ। शिक्षक नै हाम्रो शिक्षा-प्रणालीको प्राण-शक्ति हो। म आफ्नो जीवनको त्यस पक्षलाई सबैभन्दा अधिक महत्व दिन्छु, जुन शिक्षासित जुड़ेको छ। मलाई रायरंगपुरमा श्री अरोबिन्दो इन्टीग्रल स्कूलमा शिक्षकको रूपमा योगदान दिने अवसर प्राप्त भएको थियो’।










