राशनको अनियमिता र विभिन्न समस्याहरू विषयमा तृणमूल कांग्रेसद्वारा खाद्य विभागको अधिकारीसित भेट

IMG-20220906-WA0182.jpg

खरसाङ: सरकारबाट पाउने राशनको वितरणमा अनियमिता, सठीक रुपमा वितरण नगरिएको भन्ने जनताको गुनासोबीच जनताको अधिकार खानु पाउँदैन भन्ने उद्देश्य लिएर आज तृणमूल कंग्रेस ट्रेड युनियनको सचिव सन्तोष मोक्तानको अगुवाईमा खाद्य विभागका अधिकारीहरूसित भेटघाट गरेका छन्। यस अवसरमा तृणमूल पार्टीबाट सन्त मेरिज जीपी अध्यक्ष साङगाई तामाङ, सन्त मेरिज जीपी कार्यकारिणी अध्यक्ष सरन लामा, घैयाबारी जीपी अध्यक्ष साजन तामाङ, युवा अध्यक्ष राकेश बम्जन विशेष उपस्थित रहेका थिए। खरसाङको खाद्यान्न विभागीय अधिकारीहरूसित भेट गरी बातचित गरेका छन्। यस क्रममा धेरै कुराहरू जान्नमा आएको र तृणमूल कंग्रेसको तर्फबाट जम्मा छवटा मुद्दाहरू राखेका थिए। यस विषयमा बोल्दै युनियनको सचिव सन्तोष मोक्तानले भने- ‘हामीले सरकारद्वारा दिएको राशनको स्केल कति हुनुपर्छ, राशन दोकानसम्म राशन ल्याउनलाई यातायात व्यवस्था छ कि छैन, घर दैलोमा राशन बाड्ने कुरा के हो, किन राशन कसैलाई ७ केजी कसेलाई ६ केजी दिएको अनि फोनमा म्यासेज किन कसैलाई आउँछ कसैलाई आउँदैन्, केन्द्रीय सरकारद्वारा दिएको राशन कार्डमा राज्य सरकारले दिएको राशनमा के फरक छ भनी हामीले युनियन अनि पार्टीको तर्फबाट प्रश्न राखेका थियौं। यसमा धेरैवटा कुराहरू खाद्यान्न विभागीय अधिकारीले बताएका छन्।’ मोक्तानले अघि भने, समय आयो भने सभा राखेर जनतालाई बताउने अनि जुन जनतामाथि धाँदाली हुने काम भईरहेको छ, यसको चाढ़ै छानबीन गर्ने यदि चाढ़ै छानबीन भएन भने हामी सङ्गठनको तर्फबाट अर्को कदम उठाउनेछौं।
मोक्तानले खाद्यान्न विभागीय अधिकारीले पनि चाडै छानबीन गर्ने भनी वचन दिएका छन् अनि स्केलको विषयमा अधिकारीले बताए अनुसार प्रत्येक सरकारी राशन वितरण गर्ने दोकानले दोकान अघि लगाएको हुनुपर्छ भनी बताएका छन्। तर अफसोच अहिलेसम्म कुनै राशन दोकानमा देखा परेको छैन्। त्यसपछि फिङगर प्रिन्ट नमिलेर राशन नपाउने गुनासोलाई सोध खोज गर्दा सरकारले त्यसको निम्ति फारम १५ तयार पारेको छ र त्यो फारम भरेपछि सजिलोसित राशन पाउने छ भनी बताएका छन्। तर अहिलेसम्म कुनै दोकानदार ले यसको विषयमा मानिसहरूलाई ठीकसित जानकारी नदिएकोले गर्दा यस्तो समस्या देखा परिरहेको अनुमान लगाउनु परिरहेको छ भनी बताएका छन्। उनले अझै धेरै कुराहरू छन् जसलाई समय आयो भने सबै कुरा उजागर गर्ने बताएका छन्।

About Author

Advertisement