रामलल्लाको प्राण प्रतिष्ठाको दिन सोनादामा हर्षोल्लाससहित रैलीको आयोजना

IMG-20240122-WA0279.jpg

सोनादा: अयोद्यामा रामलल्लाको प्राण प्रतिष्ठाको दिन सोनादामा पनि हर्षोल्लासको साथ पालन गरिएको छ। सोनादाको राधा कृष्ण ठाकुरवाड़ी मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठाको दिन विशाल रैलीको आयोजना गरिएको छ। भागवान् राम, सिता र लक्ष्मणसहित विभिन्न झ्याँकीहरूसहित निकालिएको उक्त रैली मन्दिर परिसरबाट निकालेर सोनादा बजार परिक्रमा गरेर पुन: मन्दिरमा आएर पूरा गरिएको छ। अयोद्यामा रामलल्लाको प्राण प्रतिष्ठाको हर्षोल्लास सोनादामा पनि गरिएको छ। यस अवसरमा सोनादा बजार नै बन्द राखेर रामलल्लाको प्राण प्रतिष्ठाको हर्षोल्लास गरिएको छ। यस अवसरमा सोनादामा रक्तदान शिविरको पनि आयोजना गरिएको थियो। यसको साथै रामलल्लाको प्राण प्रतिष्ठापछि सोनादाको १५० वर्ष पुरानो ठाकुरवाडी राधा कृष्ण मन्दिरमा प्रसाद भण्डाराको अायोजना पनि गरिएको थियो। यस अवसरमा सोनादाको अनुराग घतानीले पत्रकारहरूसित कुराकानी गर्दै हामी रामलल्लाको प्राण प्रतिष्ठामा अयोद्या जान नपाए पनि यही सोनादामा नै धुमधामले हर्षोल्लाससाथ पालन गरिएको बताए। उनले अयोद्यामा ५५० वर्ष पुरानो लक्ष्य आज आएर पूरा भएकोले हामीले धेरै हर्षोल्लास मनाएको पनि बताएका छन्। उनले यो हामी सबैको लागि ठूलो दिन रहेको पनि बताए।

त्यसरी नै रैलीमा सामेल भएका एकजनाले भने, रामलल्लाको प्राण प्रतिष्ठाको दिन सोनादाको १५० वर्ष पुरानो मन्दिरमा हर्षोल्लास पालन गरिएको छ। यस अवसरमा हामी सोनादावासीमा भगवान् रामको अशिर्वाद सदैव बनिरहेको होस्।

About Author

Advertisement