गान्तोक: धर्म विभागका मन्त्री सोनाम लामा ले मङ्गलबार लोक भवनमा राज्यपाल ओम प्रकाश माथुर सँग शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा मन्त्री लामा, जो रामोत्सव समितिका मुख्य संरक्षक पनि हुन्, उनले राज्यपाललाई रामनवमी उत्सवअन्तर्गत २६ मार्चमा ठाकुरबाड़ी मन्दिर मा आयोजना हुने कलश यात्रा, शोभा यात्रा र ध्वज यात्रामा सहभागी हुन निमन्त्रणा दिएका थिए। उक्त अवसरमा रामोत्सव समिति अध्यक्षसहित अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।
यसैगरी, समितिले २७ मार्चदेखि ४ अप्रेलसम्म सोही मन्दिरमा सञ्चालन हुने नौदिने रामकथा कार्यक्रमबारे पनि राज्यपाललाई जानकारी गराएको थियो।
राज्यपाल माथुरले निमन्त्रण स्वीकार गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन्।










