रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

IMG-20250422-WA0261

खरसाङ: खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्ला सडक सुरक्षा अनि सचेतना कार्यक्रम पश्चिम बंगाल सरकारद्वारा जनसाधारणलाई ट्राफिक सुरक्षा विषयमा सचेतना गराउन आयोजना गरिरहेको छ जसलाई डीआई अफ् स्कूलको तर्फबाट आयोजना गरिएको छ। यस ट्राफिक सुरक्षा सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिस गार्डको तर्फबाट ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्री, एएसआई अश्विनी रोय लगायत अन्यहरु उपस्थित रहेका थिए। त्यसरी नै रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको तर्फबाट सह शिक्षिकाहरु र रामकृष्ण कन्या प्राथमिक पाठशालाकी प्रधान अध्यापिका आरती राई र कविता लामा पनि उपस्थित रहेका थिए। यस ट्राफिक सुरक्षा विषयमा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयका पाँचौंदेखि बाह्रौं श्रेणीसम्मका विद्यार्थीहरुलाई लिएर ट्राफिक सुरक्षा विषयमा सचेतना गराइएको छ। उक्त ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिस गार्डको प्रभारी बीरेन्द्र छेत्रीले विद्यार्थीहरु र शिक्षिकाहरुलाई ट्राफिक सुरक्षा विषयमा सचेतना गराएका थिए।उनले ट्राफिक सुरक्षा, साइबर क्राइम, मानव तस्कारी लगायत अन्य विषयहरुमा सचेतना गराएका छन्।‌ यस विषयमा ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्दै मंगलबार खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरू र शिक्षिकाहरुलाई ट्राफिक सुरक्षा विषयमा सचेतना गराइएको जानकारी गराएका छन्‌‌। उनले यस विषयमा भने, ट्राफिक सुरक्षा अन्तर्गत दुई चक्के, चार चक्के वाहन चलाउँदा आफ्नोे सुरक्षा साथै सडकमा हिँड्ने मानिसहरुको सुरक्षालाई ध्यान दिनु अन्यन्तै जरुरी हुन्छ। दुई चक्के वाहन जस्तै बाइक स्कुटीहरु चलाउँदा हेल्मेट अनिवार्य रुपमा लगाउनु पर्ने, चलाउनेले मात्रै होइन तर पछाडी चढ्नेले पनि हेल्मेट अनिवार्य रुपमा लगाउनु पर्ने हुन्छ।’
ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले अघि भने, ‘गाडी, बाइक र स्कुटीहरु चलाउँदा आफ्नो मात्र होइन तर रोडमा हिँड्ने मानिसहरुको पनि सुरक्षालाई ध्यानमा‌ राख्नुपर्छ। गाडी, बाइक, स्कुटी कुदाउँदा स्पिड कम गर्नुपर्छ। प्रशासनले तोकेको स्थानमा मात्र पार्किङ गर्नुपर्छ। पुलिसले दिएको सिंगनललाई फलो गर्नुपर्छ। गाडी, बाइक र स्कुटीहरु चलाउँदा कागज पत्रहरु सबै सठीक हुनुपर्छ।’


ट्राफिक पुलिस अधिकारी छेत्रीले विद्यार्थीहरुलाई ट्राफिक सुरक्षा सचेतना विषयमा विशेष ध्यान दिएको बताउँदै भने, विगतको दिनमा भएको दुर्घटनालाई ध्यानमा राखेर विद्यार्थीहरुलाई विशेष गरेर ट्राफिक सुरक्षा विषयमा सचेतना गराइएको छ।‌
विद्यालयमा सम्पन्न ट्राफिक सुरक्षा विषयमा सम्पन्न सचेतना कार्यक्रम विषयमा रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी सह शिक्षिका गोमा सुब्बाले सडक सुरक्षा विषयमा सचेतना कार्यक्रममा विद्यार्थीहरुलाई सचेतना गराएकोमा‌ खरसाङ ट्राफिक पुलिस अधिकारीहरुलाई विद्यालयको तर्फबाट आभार प्रकट गरिएको छ।‌ उनले विद्यालयको पाँचौंदेखि बाह्रौं श्रेणीसम्मका विद्यार्थीहरुलाई लिएर ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको जानकारी गराएकी छन्‌।

About Author

Advertisement