राभाङलामा पाङ ल्हाबसोल २०२२ समारोहको समापन सभा सम्पन्न

IMG_20220918_215316.jpg

नाम्ची: आज नाम्ची जिल्लाअन्तर्गत राभाङलामा पाङ ल्हाबसोल २०२२ समारोहको समापन सभा सम्पन्न भयो। स्मरण गराइन्छ, राभाङलामा पाङ ल्हाबसोल कार्यक्रम गत ३० अगस्तदेखि १० सेप्टेम्बरसम्म पालन गरिएको थियो।
यस पर्वको मुख्य आकर्षण भलिबल प्रतियोगिता, ग्रामीण खेलकुद, साँस्कृतिक कार्यक्रम आदि रहेको थियो। यस अवसरमा बर्फुङ क्षेत्रका विधायक एवं आयोजक समितिका प्रमुख संरक्षक टीटी भोटियाले पाङ ल्हाबसोल पर्व सफल हुनुमा मख्यमन्त्री पीएस तामाङ, विभिन्न संघ-संस्था आदिको मुख्य भूमिका रहेको बताउॅंदै सबैलाई धन्यबाद दिए।

About Author

Advertisement