रानीगञ्ज बजारमा चलेको गोलीकाण्डको मास्टरमाइण्ड घाइते

IMG-20240717-WA0003

धुबड़ी(असम): धुबड़ी जिल्लाको बिलासीपारास्थित पाइकानडारा गाउँमा पुलिस संगको भिड़न्तमा एकजना घाइते भएका छन्।
रानीगञ्ज बजारमा चलेको गोलीकाण्डको मास्टरमाइण्ड भएको बताए।
२६ नोभेम्बरको साँझ रानीगञ्ज बजारमा तीनजना हतियारधारीले एसबीआई ग्राहक सेवा केन्द्रमा अन्धाधुन्ध गोली चलाएका थिए सो आक्रमणमा परि वाहिदुर रहमान र रतन राय सहित तीनजना गम्भीर रूपमा घाइते भएका थिए।
पुलिसले यस घटनासंग सम्बन्धित मुख्य आरोपी नूर कालामलाई पक्राउ गरेको थियो भने पुलिसले घटनामा प्रयोग गरिएको हतियारलाई नियन्त्रणमा लिनका लागि पाइकानडारा गाउँमा छापा मारेका थिए। पुलिसका अनुसार हतियार लिने क्रममा दोषी भनिएका नूर कालामलाई भाग्ने प्रयास गर्दा पुलिसले गोली चलाउन बाध्य भए। गोली नूर कालामको दाहिने खुट्टामा लागेको छ।
पुलिसले घाइते अभियुक्तलाई धुबड़ी मेडिकल कलेज एवं अस्पतामा भर्ती गरेको छ।

About Author

Advertisement