राडुकानु विरुद्ध हारिन् सेरेना विलियम्स

IMG-20220817-WA0149.jpg

१७ अगस्तः टेनिसबाट सन्न्यासको संकेत दिने सेरेना विलियम्स वेष्टर्न एण्ड सदर्न ओपन टेनिस टुर्नामेण्टको पहिलो राउण्डमै यूएस ओपन च्याम्पियन एम्मा राडुकानु विरुद्ध पराजित भइन्। सेरेनाको यो पहिलो राउण्डमा लगातार दोस्रो हार हो। अमेरिकाकी ४० वर्षीय दिग्गज खेलाड़ीलाई ब्रिटेनकी राडुकानुले ६-४, ६-०-ले पराजित गरिन्। यसअघि २३ पल्टकी ग्राण्ड स्ल्याम विजेता सेरेनाले गत हप्ता इन्स्टाग्राम पोस्टमा उनको टेनिस करियर अन्तिम चरणमा रहेको बताएकी थिइन्। आउँदो २९ अगस्तदेखि शुरु हुने यूएस ओपन उनको अन्तिम टुर्नामेण्ट हुनेछ या छैन भन्ने चाहिँ उनले स्पष्ट गरेकी छैनन्। यसअघि सेरेना गत हप्ता टोरण्टोमा बेलिण्डा बेनसिच विरुद्ध सीधा सेटमा पराजित भएकी थिइन्।

यसबीच पुरुष एकलमा शीर्ष ऱ्यांकिंग भएका रुसका दानिल मेदवेदेवले बोटिच वान डे जेण्डशलुपलाई ६-४, ७-५-ले पराजित गरी तेस्रो राउण्डमा प्रवेश गरे। यसरी नै निक किर्गियोसले अलेजान्द्रो डेविडोविच फोकिना विरुद्ध ७-५, ६-४-ले जीत हासिल गरे। यसअघि चारपल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन जापानकी नाओमी ओसाकाले शुआई झांगलाई ६-४, ७-५-ले पराजित गरिन्। क्यारोलिना प्लिसकोवाले सेरेनाकी दीदी भीनस विलियम्सलाई ७-५, ६-१-ले अनि बेनसिचले सोराना क्रिस्टीलाई ६-२, ६-७, ६-४-ले पराजित गरिन्।

About Author

Advertisement