गान्तोक: छैटौं राज्य वित्त आयोगले मन्त्री बिष्णु कुमार खतिवडा र मुख्य सचिव भीबी पाठकको उपस्थितिमा आज मुख्यमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझायो। यसबीच राज्य वित्त आयोगको नवनिर्मित वेबसाइट पनि सुरु गरिएको थियो। २० जून, २०२२ मा राजपत्र अधिसूचना अन्तर्गत छैठौं राज्य वित्त आयोग गठन गरिएको थियो। आयोगले २ अगस्त, २०२२ मा औपचारिक रूपमा कार्यभार ग्रहण गरेको हो। आयोगको अध्यक्षमा गृह विभागकी सचिव टाशी छोछो, सदस्यमा सूचना आयोगको सचिव रोशनी राई पञ्चायतका निर्देशक तेन्जिङ डी. डेन्जोङ्पा र आरडीडीका निर्देशक राजनारायण प्रधान छन्।









