राज्यस्तरीय १३५औँ बी. आर. अम्बेडकर जन्मजयन्ती उत्सवमा छलफल

n70493185017737733908462c82ac228a9f8379b459bc0a085fe41cdc379f52fafe7b919ac8e187f453eed6

गन्तोक: राज्यस्तरीय १३५औँ डॉ. बी. आर. अम्बेडकर जन्मजयन्ती उत्सवको सफल आयोजना तथा समन्वयका लागि मंगलवार राजधानी गन्तोकस्थित टाशीलिङ सचिवालयको सम्मेलन हलमा एक उच्चस्तरीय बैठक आयोजना गरिएको छ। बैठकको अध्यक्षता मुख्य सचिव आर. तेलाङले गरेका थिए।
मुख्य सचिव तेलाङले कार्यक्रमको प्रभावकारी र सफल सञ्चालन सुनिश्चित गर्न सबै सम्बन्धित विभागबीच प्रभावकारी समन्वयको आवश्यक्तामा जोड दिए। बैठकमा सामाजिक कल्याण विभागद्वारा तयार पारिएको कार्यक्रममाथि विस्तृत रूपमा छलफल भएको थियो।
बैठकमा उपस्थित विभिन्न विभागका प्रमुखहरूले आफ्ना सुझाब तथा सिफारिशहरू पनि प्रस्तुत गरेका थिए। सिक्किम अनुसूचित जाति कल्याण बोर्डका अध्यक्ष शेखर सेवाले कार्यक्रममा पुलिस अधिकारी लगायत सम्बन्धित सबै अधिकारीहरूलाई उनीहरूको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले यस वर्ष सामाजिक कार्य, नेतृत्व तथा शिक्षा लगायतका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई पनि सम्मान गरी समावेश गरिने जानकारी दिए।
सेवाका अनुसार, कार्यक्रमले शैक्षिक उत्कृष्टता मात्र नभएर सामाजिक क्षेत्रमा योगदानलाई पनि मान्यता दिने उद्देश्य सहित तयार गरिएको हो र यसअन्तर्गत करिब पाँचजना उत्कृष्ट विद्यार्थीहरूलाई पहिचान गरी कार्यक्रममा समावेश गर्ने योजना रहेको जानकारी दिइएको छ।
बैठकमा विभागीय प्रमुखहरू सहित विभिन्न लाइन विभागका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

About Author

Advertisement