राज्यस्तरीय शिक्षा दिवस तयारीलाई लिएर बैठक सम्पन्न

IMG-20231107-WA0235.jpg

गान्तोक: आगामी दिनमा पालन गरिने राज्यस्तरीय शिक्षा दिवस तयारीलाई लिएर आज नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा एक बैठक सम्पन्न भयो। उक्त बैठकमा नाम्चीका सीएमओ डा. एसएन अधिकारी, सहायक जिल्लापाल पुल्कित, महकुमा अधिकारी गोपाल कुमार छेत्री लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।

बैठकको क्रममा जिल्लापाल एम भरानी कुमारले आगामी दिनमा नाम्ची जिल्लामा पालन गरिने राज्यस्तरीय शिक्षा दिवसको तयारीलाई लिएर सर सफाई, सुरक्षा, ट्राफिक व्यवस्थापन, बस्ने आदिबारे जानकारी लिए। सो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति अधिकारीहरूले एक अर्कामा समन्वय राखेर काम गर्नुपर्ने सुझाउ दिए। यस वर्ष राज्यस्तरीय शिक्षा दिवस नाम्ची जिल्लाको किसान बजारमा पालन गर्ने भएको छ।

उल्लेखनीय छ, प्रत्येक वर्ष ११ नोभेम्बरको दिन मौलाना अबुल कलाम आजादको जन्म दिवसको अवसरमा यो कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यस अवसरमा सबै अधिकारीहरूले आफ्नो सुझाउ राख्दै कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबैले एक अर्कामा तालमेल राखेर काम गर्नुपर्न निर्णय लिएको छ।

About Author

Advertisement