राज्यस्तरीय युवा उत्सवमा सोरेङ जिल्ला उत्कृष्ट

n645312398173541014347204fb5cad369de8b2d4540683865395453a34cb696bec9d812001917d7e608cfa

सोरेङ: राजधानीको पाल्जोर स्टेडियममा शुक्रवार आयोजित राज्यस्तरीय युवा उत्सव २०२५ मा सोरेङ जिल्लाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। उत्सवमा जिल्लाले सांस्कृतिक, शैक्षिक र कलात्मक प्रतियोगिताहरूमा आफ्नो उत्कृष्ट सहभागिता देखाउँदै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका छन्।
सोरेङ जिल्ला टीमलाई एसवाईएकी उपनिर्देशक ममिता गुरुङले नेतृत्व गरेकी थिइन्। जिल्लाबाट कुल ३२ जनाले विभिन्न विधामा भाग लिएका थिए। सोरेङ जिल्लाले विज्ञान मेला, समूह लोक नृत्य, कविता प्रतियोगिता, चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको छ।

About Author

Advertisement