राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले सोनाम ल्होसारको दिए शुभकामना

FB_IMG_1768841184999

दार्जिलिङ: पश्चिम बंगाल राज्यका राज्य सभा सांसद हर्षवर्धन श्रृंगलाले सोनाम ल्होसारको शुभोपलक्षमा सामाजिक संजाल मार्फत ल्हास्सो फ्याफुल्ला सहित शुभेच्छा प्रकट गरे।
सांसदले संजालमा सोनाम ल्होसार नयाँ शुरुवात, खुशी र समृद्ध संस्कृतिको सुन्दर पर्व हो भने साथै नयाँ वर्षको स्वागत गर्दै हामी सबैले आफ्ना परम्परालाई सम्मान गरौं र नयाँ आशा एवं सकारात्मक सोचका साथ अगाडि बढौं भने।
यसरी नै सामाजिक संजालमा सांसदले यस पावन अवसरले हरेक घरमा सुख, समृद्धि, सुस्वास्थ्य र शान्ति ल्याओस् र हाम्रो समुदायभित्र अनि बाहिर प्रेम, एकता र भाइचारालाई अझ बलियो बनाओस् भनि सबै सबैलाई शुभकामना व्यक्त गरे।

About Author

Advertisement