राज्यवासीहरूलाई मुख्यमन्त्रीको रक्षाबन्धनको शुभकामना

IMG_20220811_201851.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले रक्षाबन्धनको शुभ अवसरमा राज्यवासीहरूमा शुभकामना व्यक्त गर्दै यो पर्वले हाम्रो पारस्परिक सम्मानलाई बढावा मिलोस् भनी कामना गरेका छन्।

आज जारी आफ्नो शुभकामना सन्देशमा मुख्यमन्त्री तामाङले रक्षाबन्धन (राखी पूर्णिमा) को शुभ अवसरमा राज्यवासीहरूमा न्यानो अभिवादन व्यक्त गरेका छन्। उनले यो पर्व दाजु-भाई र दिदी-बहिनीद्वारा एकअर्काको रक्षा गर्न अनि उनीहरूबीच कायम गहिरो प्रेम, सम्मान र देखभालको प्रतीक रहेको बताएका छन्। यो दिनले हाम्रो पारस्परिक सम्मानलाई बढावा मिलोस् र सामूहिक रूपमा एकअर्काको कल्याणका लागि काम गरौं भनी मुख्यमन्त्रीले कामना पनि गरेका छन्।

About Author

Advertisement