राज्य सरकारले राशन भ्रष्टाचार मामिलामा हाईकोर्टलाई सुम्पियो रिपोर्ट

काेलकाता: राशन वितरण भ्रष्टाचार मामिलामा राज्यले हाई कोर्टलाई रिपोर्ट सुम्पेको छ। राज्य सरकारले कलकत्ता हाई कोर्टमा अहिलेसम्म ८७ शिकायत दर्ता दर्ता गरिएको र ६५ मामिलामा आरोप पत्र दिइसकेको बताएको छ।

राज्यले भनेको छ, २० मामिलाको जॉंच चलिरहेको छ, जसमा दुईवटा मामिला दोषपूर्ण छ। प्रवर्तन निदेशालयले १७ जूनमा हाई कोर्टमा आफ्नो बयान पेश गर्नेछ। राशन भ्रष्टाचारको छ मामिलामा अहिले अन्तरिम रोक कायम रहेको छ। कोर्टले २४ जूनसम्म अन्तरिम रोक लगाएको छ।

ईडीले राशन भ्रष्टाचार मामिलाको जॉंचको निम्ति कोर्टमा अर्जी दिएको थियो। यस कारण ईडीले राज्यका कुनै पनि थानामा दर्ता कुल एफआईआरको सूची पनि कोर्टमा पेश गरिनु पर्ने माग पनि गरेको थियो।

About Author

Advertisement