राज्यमा शुरू भयो मोबाइल आई क्लिनिक भेनको शुरूवात

IMG-20221205-WA0359.jpg

गान्तोक: राज्यका स्वास्थ्य विभाग मन्त्री डा. एमके शर्माले आज उज्यालो योजना अन्तर्गत मोबाइल आई क्लिनिटको शुभारम्भ गरे। राजधानीस्थित टाशीलिङ परिसरमा आयोजित एक कार्यक्रमबीच मन्त्रीले मोबाइल आई क्लिनिक भेनलाई झण्डा हल्लाएर प्रस्थान गराए। विशेष गरेर यस भेनमा डाक्टर, नर्स सहित आँखा जाँच गर्ने सबै उपकरण रहने छ। पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले राज्य सरकार जनताको स्वास्थ्यप्रति अधिक चिन्हित रहेको कारण स्वास्थ्यको क्षेत्रमा धेरै सुधार आएको बताए। यस भेन सरकारी सबै विभागमा पुगेर आँखाको जाँच गर्ने योजना रहेको छ। यसका साथै विभागका अधिकारी साथै कर्मचारीहरूको जाँच सकेपछि ग्रामीण क्षेत्रका मानिसहरूलाई पनि सेवा पुऱ्याउने लक्ष्य राखेर काम गरिरहेको उनको भनाइ छ। सरकारले स्वास्थ्य क्षेत्रमा गरेका पहलहरूमध्ये आँखाको रोगलाई प्राथमिकता दिँदै आइरहेको छ। विशेष गरेर मधुमेह रोगीहरूको निम्ति यसरी निरन्तर अभियान शुरू गर्नाले धेरै लाभ पुग्न सक्ने मन्त्रीले सम्भावना व्यक्त गरेका छन्। आँखाका रोगीहरूलाई जाँच मात्र नगरेर उनीहरूलाई निःशुल्क औषधि पनि उपलब्ध गराउने बताए। आज पहिलो दिनमा टाशीलिङ सचिवालयका कर्मचारीहरूले आँखाको जाँच गराए।

About Author

Advertisement