राज्यपाल लक्ष्मण प्रसाद आचार्यद्वारा रिसोर्स रिकभरी सेन्टरको उद्घाटन

Untitled-1-copy-177

मंगनः मंगन जिल्ला भ्रमणको तेस्रो दिन सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज लाचुङ लीमामास्थित लाचुङ रिसोर्स रिकभरी सेन्टरको उद्घाटन गरे। यस अवसरमा राज्यकी पहिलो महिला कुमुद देवी, क्षेत्र विधायक एवं सड़क तथा पूल विभाग मन्त्री साम्डुप लेप्चा, लाचुङका पिपनद्वय पेमा वाङ्दी लाचुङ्पा अनि दोर्जी छेवाङ लाचुङ्पा, ग्रामीण विकास विभागका विशेष सचिव बेणु गुरुङ, चुङथाङका अतिरिक्त जिल्लापाल लगायत अन्यको उपस्थिति रहेको थियो।

लाचुङ रिसोर्स रिकभरी सेन्टरको उद्घाटनपछि समाजसेवी थुप्देन लाचुङ्पाले छोटो पावर प्रोजेक्ट प्रेजेण्टेशन प्रस्तुत गरे। यसमा रिसोर्स रिकभरी सेण्टर, क्लीन अप प्रोजेक्ट, फोहोर छुट्याउने, शून्य प्लास्टिक पहल, प्लास्टिकको पानीको बोतलको विकल्प, प्लास्टिकको फोहोरमाथि भविष्यको योजना आदिबारे छलफल गरिएको थियो।

यसपछि राज्यपाल आचार्यले लाचेनमा अवस्थित अंगोरा खरायो प्रदर्शनी एवं प्रजनन फारमको भ्रमण गरे। यहाँ उनलाई राज्यको पशुपालन एवं पशु चिकित्सा सेवा चुङथाङका उप-निदेशक डा. सोनाम डिकी लेप्चाले स्वागत जनाइन्। यहाँ राज्यपाल आचार्यले राबुम लाचेनमा रहेका पशुपालन एवं पशु चिकित्सा सेवा विभागका अधिकारी अनि कर्मचारीहरूसँग कुराकानी पनि गरे।

About Author

Advertisement