राज्यपाल र मुख्यमन्त्रीले दिए रक्षा बन्दनको शुभकामना

photocollage_2023830231543561.jpg

गान्तोकः राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले रक्षा बन्दनको अवसरमा सम्पूर्ण राज्यबासीलाई हार्दिक शुभकामना दिएका छन्। रक्षा बन्दनको अवसरमा विशेष गरेर उनले राज्यका सबै मानिसहरू, साथै आफ्नो बहिनीहरूलाई पनि उनले शुभकामना दिएका छन्।

दाज्यु बहिनीको प्रेम, स्नेहको प्रतिककोरूपमा पालन गरिने रक्षा बन्दन यस पबित्र बन्दनले सबैको घरमा खुशीको लहर छावोस् भन्ने उनले कामना गरेका छन्। यस पुनित अवसरमा सबैको नाडीमा बाँधिने रक्षा बन्दन, प्रेम एवम् सुरक्षाको बन्दन अझ मजबुत होस् भन्ने राज्यपालले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि रक्षा बन्दनको सुअवसरमा राज्यबासीलाई हार्दिक मंगलमय साथै शुभकामना व्यक्त गर्दै राज्यमा शान्ति, भाइचारा र एकता कायम रहोस् भनि प्रार्थना गरेका गरेका छन्।

About Author

Advertisement