राज्यपाल र मुख्यमन्त्रीले दिए सागा दावा पर्वको शुभकामना

IMG_20220614_230114.png

गान्तोक। राज्यका राज्यपाल गंगा प्रसादले सादा दावाको पावन अवसरमा सिक्किमेली जनसमुदायप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

यस पुनित अवसरमा हामीले आजको युगमा प्रासंगिक रहेको भगवान बुद्धको शिक्षालाई श्रद्धाको साथ स्मरण गर्दै दया एवं करुणा उनको शिक्षाको सार हो अनि हामीले यसलाई अनुशरण गर्नुपर्ने आफ्नो शुभाकमना सन्देशमा उल्लेख गरेका छन्।

यसरी नै मुख्यमन्त्री प्रेमसिंह तामाङले सागा दावा भगवान बुद्धले निर्वाण प्राप्त गरेको साथै बौद्ध धर्मावलम्बीहरूको पवित्र पर्व रहेको बताएका छन्। भगवान बुद्धको शिक्षाले नै सबैमाझ अहिंसा, भ्रातृत्व अनि सद्भावको आदर्श पुऱ्याएको बताएका छन्। यो पर्वले भगवान बुद्धको सन्देशलाई दर्शाउने गरेको उल्लेख गरेका छन्। बुद्धको शिक्षाको प्रकाशले असहिष्णुता अनि घृणाको अन्धकारलाई हटाउन साथै सबैको निम्ति सन्तोष, शान्ति अनि ज्ञानको युगको शुरुआत गरोस् भनेर मुख्यमन्त्री तामाङले कामना गरेका छन्।

About Author

Advertisement