गान्ताेक: राज्यपाल ओम प्रकाश माथुरसँग उत्तराखण्ड सरकारका पर्यटन, संस्कृति तथा सिंचाइ मन्त्री एवं आध्यात्मिक गुरु सतपालजी महाराजले आज लोक भवनमा शिष्टाचार भेट गरेका छन्।
लोक भवनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भेटका क्रममा सिक्किम र उत्तराखण्ड दुवै हिमाली राज्यका विशिष्ट सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र पर्यटन प्रवर्द्धनका विषयमा सार्थक छलफल भएको थियो।
भेटमा दुई राज्यबीच सांस्कृतिक आदान–प्रदान, धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धन, साथै हिमाली क्षेत्रको दिगो विकासका सम्भावनाबारे विचार विमर्श भएको बताइएको छ।








