राज्यपाल माथुर अनि शङ्कराचार्य स्वामीश्री अविमुक्तेश्वरानन्दबीच भेटवार्ता

IMG-20240925-WA0367

गान्तोक: राज्यका राज्यपाल ओम प्रकाश माथुरले आज शङ्कराचार्य स्वामीश्री अविमुक्तेश्वरानन्द सरस्वतीसँग राजभवनमा भेट गरे। यस अवसरमा राज्यपालले स्वामीलाई स्वागत गर्दै सम्मान स्वरुप पादुका पूजा आयोजना गर्दै उनीबाट आशीर्वाद ग्रहण गरे। राज्यपालले उनको आगमनबाट राज्यले आध्यात्मिक ऊर्जा र मार्गदर्शन प्राप्त गरेको कुरा बताएकाछन्। साथै स्वामीजी महाराजको ज्ञान र अनुभव समाजका लागि निकै महत्वपूर्ण रहेको बताउँदै उनको शिक्षाले समाजमा नैतिकता फैलाउने विश्वास व्यक्त गरेकाछन्। यस अवसरमा स्वामीजी महाराजले राज्यपाललाई स्मृति चिन्ह प्रदान गरे।यस उपहारले राज्यको धार्मिक र सांस्कृतिक समन्वयलाई थप सुदृढ बनाउँदै समाजमा एकता र सद्भावको सन्देश फैलाउने राज्यपालले आशा व्यक्त गरेका छन्।

About Author

Advertisement