राज्यपाल माथुरले दिए २११औं भानु जयन्तीको हार्दिक शुभकामना

photocollage_20241011162117124

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सम्पूर्ण सिक्किमवासीलाई २११औं भानु जयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शनिवार जारी आफ्नो सन्देशमा उनले भने, ‘म आदिकवि भानुभक्त आचार्य जीलाई श्रद्धाञ्जलि अर्पित गर्दछु, जसले आफ्नो कालजयी लेखनको माध्यमद्वारा नेपाली भाषा, साहित्य र संस्कृतिमा चेतनाको सञ्चार गरे।
समाजको लागि सिर्जना गर्ने व्यक्ति आफ्नो समयको मात्र होइन, कालातीत पनि बन्छ। भानुभक्त आचार्य सोही अमरत्वका प्रतीक हुन्।’
राज्यपालले भने, ‘भाषा मात्र सम्प्रेषणको माध्यम होइन, हाम्रो सांस्कृतिक अस्मिताको पहिचान हो। यसको संरक्षण एवं संवर्धन हामी सबैको साझा जिम्मेवारी हो। जब कुनै भाषा जीवित रहन्छ, त्यससँग सम्बन्धित सभ्यता, परम्परा र मूल्यमान्यताहरू पनि पुनर्जीवित हुन्छन्।’
राज्यपालले विविधतामा एकता सिक्किमको विशिष्ट पहिचान रहेको बताउॅंदै यस पहिचानलाई अझ धेरै सुदृढ बनाउन आह्वान गरे। उनले युवाहरूको ध्यान आकर्षित गर्दै आफ्नो भाषा र संस्कृतिलाई आत्मसात गर्न, यसलाई आफ्नो पहिचान र प्रेरणाको रूपमा अपनाउन र भावी पीढीसम्म संरक्षित एवं जीवन्त राख्न ​पनि आह्वान गरेका छन्।

About Author

Advertisement