राज्यपाल माथुरद्वारा राजस्थानमा शिक्षा सशक्तिकरण कार्यक्रमको उद्घाटन

IMG-20250705-WA0133

गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले आज राजस्थानको बालतारा जिल्लाको पादरु गाउँमा बालिका शिक्षामा समर्पित “बालोतारा जिल्ला शिक्षा सशक्तिकरण कार्यक्रम” को उद्घाटन गरे। यस अवसरमा “अन्सी देवी गोपीलाल कृषि कौशल तथा विकास संस्थान” को भूमि पूजा पनि सम्पन्न भएको थियो। उक्त कार्यक्रम स्थानीय निवासी मोतीलाल ओसवालले आफ्नो जन्मस्थल पदरुमा शुरु गरेको हो। जुन कार्यक्रम शिक्षाको क्षेत्रमा मात्र नभई ग्रामीण विकासको लागि पनि कोसेढुङ्गा प्रमाणित हुने उल्लेख गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल माथुरले मोतीलाल ओसवालजीको प्रयासको प्रशंसा गर्दै आफ्नो मातृभूमिमा शुरू गरेको यस पहल राजस्थानको लागि मात्र नभई सम्पूर्ण देशको लागि प्रेरणा रहेको बताए। उनले यस पहल सबैका लागि उदाहरणीय भएको बताउँदै कसरी एक व्यक्तिले आफ्नो मातृभूमिप्रति जिम्मेवारीबोध र शिक्षाको आधारभूत क्षेत्रमा परिवर्तनको प्रतिकलाई सिद्ध गर्न सक्छ भन्ने प्रमाणित गरेको बताए।
बालिका शिक्षा केवल सामाजिक जिम्मेवारी मात्र होइन, राष्ट्र निर्माणको जग पनि हो भन्दै राज्यपालले राजस्थानको माटोमा शिक्षा र सीप विकासलाई एकसाथ जोडेर गरिएको उदाहरणीय कार्य भनी बताए। उक्त कार्यक्रम राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

About Author

Advertisement