राज्यपाल माथुरको राजस्थानका राज्यपालसँग शिष्टचार भेट

IMG-20250430-WA0294

गान्तोक: राजस्थानको आधिकारिक भ्रमणमा गएका सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज राजस्थानका राज्यपाल हरि भाउ बाग्देसँग शिष्टचार भेट गरे। भेटको क्रममा दुवै राज्यपालले राज्यको सामाजिक, आर्थिक अनि अन्य विकास गतिविधिबारे छलफल गरेका थिए। सोही प्रकारले सिक्किमका राज्यपाल माथुरले पर्यटन, दिगो कृषि अभ्यास, सांस्कृतिक आदान प्रदान लगायत सिक्किम सरकारको महत्वपूर्ण योजनाबारे प्रकाश पारे। यस अवसरमा दुई राज्यबीच पारस्परिक सहयोग बढाउन अन्तरराज्यीय सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सम्भावनामाथि पनि विचार गरिएको थियो।

About Author

Advertisement