राज्यपाल ओम प्रकाश माथुर दुई दिवसीय नाम्ची भ्रमणमा

IMG-20241108-WA0268

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा पुगे, जहाँ उनलाई क्षेत्र विधायक सतिश चन्द्र राई, जिल्लापाल अनुपा तामलिङ लगायत अन्यहरूले स्वागत जनाए। उनी दुई दिवसीय भ्रमणको निम्ति नाम्ची जिल्ला पुगेका हुन्। दुई दिवसीय भ्रमणको क्रममा उनले नाम्ची जिल्लाका विभिन्न विभागका प्रमुखहरूसँग जिल्ला प्रशासनिक केन्द्रमा अन्तक्रिया कार्यक्रम गरे। सोही प्रकारले राज्यपालले आसाङथाङको ग्राम प्रशासन केन्द्र, नाम्ची जिल्ला अस्पताल, वृद्ध आश्रम र बुमटारमा सञ्चालित व्लाइन्ड स्कूलको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

About Author

Advertisement