राज्यपालसॅंग आरबीआईका निदेशकले गरे शिष्टाचार भेट

n630339364172599468289767a5393e7288cab8bfd97c2956f934793626133d7081f8664aebfff70c571c14

गान्तोक: भारतीय रिजर्ब ब्याङ्क (आरबीआई) का क्षेत्रीय निदेशक टोटंगम जमाङले आज राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवधि उनको साथमा प्रोटोकल एवं सुरक्षा अधिकारी, स्क्वाड्रन लीडर, प्रीतम सरकार र अन्य अधिकारीहरू पनि उपस्थित रहेको जानकारी राजभवनले विज्ञप्तिमा दिएको छ। बैठकमा क्षेत्रीय निदेशकले राज्यपाललाई विभागको वर्तमान योजनाहरू र आगामी कार्यक्रमहरूको बारेमा विस्तारपूर्वक जानकारी दिए। राज्यपालले निदेशकलाई भविष्यका योजनाहरूको निम्ति शुभकामना दिॅंदै राज्यको विकासमा निरन्तर सहयोगको निम्ति आह्वान गरे।

About Author

Advertisement