राज्यपालसँग सरकारी निम्न माध्यमिक पाठशालाहरु को शिष्टाचार भेट

IMG_20220610_000325.jpg

गान्तोक। सिक्किमका राज्यपाल गंगा प्रसादसॅंग बिहिवार सरकारी निम्न माध्यमिक पाठशाला, दोछुमकी प्रभारी बुनू शंकर, शिक्षकद्वय दीपक शर्मा र नकुल सुब्बाले शिष्टाचार भेट गरे।

उल्लेख्य, स्वच्छता अभियान कार्यक्रम अन्तर्गत यस बर्षा २४ मई मा आयोजित एक कार्यक्रममा राज्यपाल सामेल भएका थिए। विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा राज्यपालले विद्यालयको निम्ति बहुउद्देशीय हलको आवश्यकता महसुस गर्दै यसको निर्माणका लागि पॉंच लाख रूपियॉं सहयोग राशि प्रदान गर्ने घोषणा गरेका थिए।

राज्यपाल प्रसादले आज स्कूल प्रभारीसहित शिक्षकहरूलाई पॉंच लाख रूपियॉंको चेक प्रदान गरे। बहुउद्देश्यीय हल निर्माण हेतु आर्थिक सहयोगका लागि सबैले राज्यपालप्रति कृतज्ञता प्रकट गरे।

About Author

Advertisement