राज्यपालले श्रम दिवसको अवसरमा व्यक्त गरे हार्दिक बधाई

IMG-20240501-WA0002.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले श्रम दिवसको अवसरमा सिक्किमका मानिसहरू विशेषगरि श्रमिक बन्धुहरूमा हार्दिक बधाई व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, श्रम दिवस हाम्रो कर्मशील श्रमिक दाजु-भाईहरूद्वारा समाज निर्माणमा दिएका अमूल्य योगदानलाई अझ धेरै चिन्हित गर्ने र उनीहरूलाई सम्मान प्रदान गर्ने दिन हो।

श्रमिक बन्धु हाम्रो देशको अर्थव्यवस्थाका आधारशिला हुन् र उनीहरूका योगदान देशको आर्थिक विकास दरमा अहम छ। उनीहरूका हक, सुरक्षा र सुविधा सुनिश्चित गर्ने हामी सबैको प्रथम दायित्व हो। राज्यपालले सबै सिक्किमवासीहरूसॅंग सबै श्रमिक बन्धुहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै एउटा अझ धेरै विकासशील समाजको निर्माण गर्न अपील गरेका छन्।

About Author

Advertisement