राज्यपालले विधानसभाको सत्रमा राज्यको समग्र विकासका लागि सरकारका योजनाहरूको विवरण दिए

n706073034177454677768167591da54a15ec4a5406f2299902101145f9b4f5ec408aeddef9e329889bab3e

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज ११औं विधानसभाको पहिलो सत्रमा लेखानुदान (भोट अन एकाउन्ट)मा आफ्नो अभिभाषण प्रस्तुत गर्दै राज्यको समग्र विकासका लागि केन्द्र र राज्य सरकारका विभिन्न योजनाहरू र पहलहरूको बारेमा प्रकाश पारे।
राज्यपालले सिक्किमको प्रगतिको लागि केन्द्र सरकारबाट निरन्तर सहयोग र समर्थन प्राप्त भएकोमा आभार व्यक्त गरे। उनले स्वास्थ्य सेवाहरूको विस्तार, आधुनिक चिकित्सा सुविधाहरू र जनकल्याणकारी योजनाहरूको माध्यमद्वारा प्रत्येक नागरिकलाई गुणवत्तापूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
उनले प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा अध्ययन र नीति निर्माणको महत्त्वको पनि उल्लेख गरे। यसका साथै, राज्यपालले शिक्षाको क्षेत्रमा नवाचार, डिजिटल लर्निङ र कौशल विकास कार्यक्रमहरूमा जोड दिए। उनले सिक्किमलाई एक प्रमुख गन्तव्यको रूपमा अझ सशक्त बनाउने दिशामा उठाइएका कदमहरूको चर्चा गरे र भारत रणभूमि दर्शन अन्तर्गतका ऐतिहासिक उपलब्धिहरूको पनि उल्लेख गरे।
कृषि क्षेत्रको बारेमा बोल्दै राज्यपालले किसानहरूको आय वृद्धि, जैविक खेतीको प्रोत्साहन र जलवायु अनुकूल कृषि व्यवस्थाको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ग्रामीण विकास विभाग, भाइब्रेन्ट भिलेज योजना र जल जीवन मिशनअन्तर्गत केन्द्र र राज्य सरकारका संयुक्त प्रयासहरूको उल्लेख गर्दै सिक्किमको समृद्धिको लागि समन्वयमा काम गर्ने कुरा दोहोर्याए।
राज्यपालले सिक्किमलाई एक समृद्ध, न्यासंगत र पर्यावरणीय स्थिरतासँग जोडिएको राज्य बनाउनका लागि सरकारको प्रतिबद्धता व्यक्त गर्दै, यहाँका प्रत्येक नागरिकको सपना साकार बनाउन र विकासको हरेक पाइलालाई समानता र पारदर्शिताका साथ अघि बढाउने विश्वास व्यक्त गरे। उनले सिक्किमलाई सुनौलो, समृद्ध र समर्थ बनाउने दृष्टिकोण राख्दै, सिक्किमलाई २०४७ को विकसित भारतको निर्माणमा योगदान दिने प्रतिबद्धता पनि जनाए।

About Author

Advertisement